इटहरी : नेपाली काँग्रेस कोशी प्रदेशले पहिलो प्रदेश सम्मेलनको आयोजना गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा मङ्सिर २२ गते शनिवार विराटनगरमा सम्पन्न हुन लागेको हो ।
सम्मेलनले दिशानिर्देश गरेअनुरूप साङ्गठनिक गतिविधिहरू थप बढाउँदै जाने प्रदेश सभापति उद्धव थापाले बताए ।
थापाका अनुसार विराटनगरको मनास्लु पार्टी प्यालेसमा आयोजना हुने सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । 
केन्द्रीय सदस्यहरू, १४ जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर/ गाँउ कार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई निमन्त्रणामा गरिएको छ । 
सम्मेलनलाई भव्य बनाउन मूल तयारी समितिसहित आर्थिक व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक, मञ्च व्यवस्थापन, दर्ता र रजिस्ट्रेसन र प्रचारप्रसार गरी ८ वटा उपसमिति गठन गरिएको थापाले जानकारी दिए ।
महामन्त्री उमेश थापाले पेस गर्ने राजनीतिक प्रतिवेदन, अर्का महामन्त्री भूपेन्द्र राईले पेशगर्ने साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन माथि १७ गते सोमबार छलफल हुने भएको छ ।
पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस र सहिद दिवसको अवसर पारेर झापाको केचना केवलबाट सगरमाथा सम्म सात महिने साङ्गठनिक जागरण अभियान सुरु गर्ने काँग्रेसको तयारी छ ।