धरान : नेकपा एमाले धरान १२ वडा वडा अध्यक्षमा इन्दु रिजाल सुब्बा चयन भएकी छन् । शनिवार भएको दोस्रो वडा अधिवेशनले १९ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अनिल शाक्य, सचिव विकास कार्की, उपसचिवद्वय अनु जोशी, सन्दीप शाही छन् ।
समितिको सदस्यहरूमा दिल कुमारी राई, निमा तामाङ, शान्ति तामाङ, बतिमाया राई, प्रमिला दाहाल अधिकारी, भिमा देवी परियार, अन्जु रिजाल, सुमना विश्वकर्मा, शर्मिला राई, मिना मगर, बिना लिम्बु, अमर श्रेष्ठ, शिव कुमार श्रेष्ठ, नन्द बहादुर राई, गणेश गुरुङ, मनमाया चेम्जोङ, सङ्गीता सुब्बा, अमित तामाङ लगायत छन् ।
प्रमुख आतिथी कोसी प्रदेश सांसद विजय कुमार राई थिए । पार्टीका कोसी प्रदेश सदस्य सूर्य पन्धाक, जिल्ला सदस्य गिरिराज अधिकारी, नगर उपाध्यक्ष पारस काङमाङ लगायतको उपस्थिति थियो ।


































































