धरान : कौडिन्य गोत्रीय आचार्य महिला समाजको शुक्रबार सम्पन्न तेस्रो साधारण सभाले मेनुका आचार्यको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
समितिको उपाध्यक्षमा इश्वारा आचार्य, सचिवमा कामना आचार्य, कोषाध्यक्षमा सुनिता आचार्य, सहसचिवमा मुना आचार्य र सदस्यहरूमा गङ्गा आचार्य, दीपा आचार्य, मञ्जरा आचार्य, रजनी आचार्य (क), एलिशा आचार्य, अञ्जना आचार्य, रजनी आचार्य (ख) र शान्ता आचार्य चयन भएका छन् । सोही भेलाले संस्थापक अध्यक्ष अम्बिका आचार्यलाई केन्द्रीय संरक्षक, श्यामा रेग्मीलाई वरिष्ठ सल्लाहकार र भिमा आचार्य, राधा आचार्य, सरिता आचार्य, शान्ता आचार्य र अम्बिका आचार्यलाई सल्लाहकारमा चयन गरेको छ। 
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आतिथ्य प्रदेश सभा सदस्य यशोदा कायस्थको रहेको थियो भने सभापतित्व समाजको संस्थापक  अध्यक्ष अम्बिका आचार्यले गरेकी थिइन । धरान र इटहरीका विभिन्न सङ्घ संस्थालाई नेतृत्व गरेका अग्रणी महिलाहरूको उल्लेख्य उपस्थिति भएको उक्त कार्यक्रम मेनुका आचार्यले सञ्चालन  गरेकी थिइन । कार्यक्रममा सम्पूर्ण अतिथिहरू र सहभागीहरूलाई मन्तव्यद्वारा स्वागत निरजा आचार्यले गरेकी थिइन । कार्यक्रममा श्यामा रेग्मी, विकास आचार्य, लोकेन्द्र आचार्य, टोम प्रसाद आचार्य, लगायतले शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख अतिथि यशोदा कायस्थले समाजलाई हौसला प्रदान गर्दै सामाजिक कार्यमा अग्रसर हुन आव्हान समेत गरिन ।
संस्थापक अध्यक्ष अम्बिका आचार्यले आफूले नेतृत्व गरेर हुर्काएको संस्थालाई नयाँ नेतृत्वले सफलताको उचाइ सम्म पुराउनको लागि काम गर्ने विश्वास गरेको बताउँदै आगामी दिनमा पनि आफ्नो सल्लाह र सुझाव एवं संस्था प्रतिको दायित्व पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन। 
Acharya mahila 2