इटहरी : पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिण्डर बम भेटिएको छ । राजमार्ग विस्तारको क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित गोठगाउँ गछिया सडक खण्डमा सिलिण्डर बम भेटिएको हो ।

राजमार्ग विस्तारको लागि खन्ने क्रममा भेटिएका बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिरहेको छ । अहिलेसम्म ३ वटा बम डिस्पोज गरेको टोलीले अन्तिम एउटाको तयारी गरिरहेको छ । राजमार्गमा आवतजावत बन्द गरेर टोलीले बम निष्क्रिय गरेको हो । माओवादी द्धन्दकालमा गाडिएका बमहरू हुनसक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार माओवादीले युद्धको क्रममा गाडेका बमहरू हुनसक्ने अनुमान गरिएको छ । बम भएको सूचनाका आधारमा अनुसन्धान भएको र पछि प्रमाणित भएपछि सेनाको टोलीले निष्क्रिय गरेको उनले बताए । माओवादी द्धन्दको समयमा धराप थाप्न प्रयोग भएको बम अहिले फेला परेको उनको भनाइ छ ।

Bomb-Morang