इटहरी : पछिल्लो समय देशमा आशाको सञ्चार जागृत भएको नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरीमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले सहमति र सहकार्यका साथ सरकार अगाडि बढेको बताए ।
कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि अनवरत लड्ने बताउँदै थापाले समाचारको सत्यताले समाजलाई सही र सकारात्मक प्रभाव पार्ने प्रष्ट पारे ।
स्थानीय सरकारको आलोचना गरेको आधारमा पत्रकार असुरक्षित भएको विषयमा प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले संयुक्त रूपमा गरेको कार्यक्रममा थापा विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए ।