धरान : धरानका २८ वर्षीय रोहित लिम्बू र धनकुटा राजारानीका २६ वर्षीय दिपक लिम्बूलाई प्रहरीले आइतबार विराटनगरमा ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरू विराटनगर-१६ मा बा ८५ प ४६१६ नम्बरको मोटरसाइकलमा आउँदै गरेको बेला पक्राउ परेका हुन ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूसँग १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर बरामद भएपछि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यसैगरी झापा गा.पा.-४ मा भारतबाट नेपालतर्फ आउँदै गरेको साइकल यात्री कन्काई-५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल, ३८ वर्षीय सुरेश ऋषिदेवलाई प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले चेकजाँच गर्दा १ ग्राम ४५ मिलिग्राम ब्राउनसुगर फेला परेपछि नियन्त्रणमा लिएको हो ।