धरान : ताप्लेजुङको पाथीभरा याङबरक गा.पा.-१ का ४० वर्षीय बिर्खराज राईलाई घरमा बन्दुक लुकाई राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनको घर खानतलास गर्दा १ नाल भरुवा बन्दुक बरामद भएपछि उक्त भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोली गएर राईको घर खानतलास गरेको थियो । उनको बारेमा थप अनुसन्धान भइरहेको छ ।