धरान : खस समाज प्रतिष्ठान धरानको पहिलो अधिवेशनले विजय घिमिरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उनको अध्यक्षतामा ३० सदस्यीय नगर समिति गठन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष खगेन्द्र कुँवर, सचिव ज्ञानेन्द्र बस्नेत, कोषाध्यक्ष फणीन्द्र कार्की चयन भएका छन् । समाजले वडा समितिहरू पनि गठन गर्ने निर्णय गरेको छ ।

समाजका केन्द्रीय समितिले नगर अधिवेशन आयोजना गरेको हो । केन्द्रीय अध्यक्ष विदेश कुमार थापाको सभापतित्वमा भएको अधिवेशनमा महेन्द्र क्याम्पसका पूर्व प्रमुख प्राध्यापक कुमारबहादुर कार्की प्रमुख अतिथि थिए ।
अधिवेशनमा प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, एसएसपी भीम दाहाल, सल्लाहकार किशोर कुमार कार्की, धरान-१७ का वडाध्यक्ष मनोजकुमार भट्टराई, धर्मराज खड्काको विशेष उपस्थिति थियो ।