वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबञ्जरमा निर्माण भएको डम्बरध्वज स्मृति सामुदायिक भवनको उद्घाटन गरिएको छ ।
निर्माण भएको भवनको आइतबार नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका हुन् । तत्कालीन प्रतिनिधि सभा सदस्य जय कुमार राईको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सुरु भएको उक्त भवन निर्माण सम्पन्न गर्न गत आर्थिक वर्ष वराहक्षेत्र नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको थियो ।

भवन निर्माणमा पूर्व भौतिक पूर्वाधार मन्त्री भक्तप्रसाद सिटौला, प्रदेश सभाकी पूर्व सदस्य उमिता वराईली लगायतको समेत सहयोग रहेको डम्बरध्बज स्मृति सामुदायिक भवन निर्माण उपभोक्ता समितिका सचिव जित बहादुर कार्कीले जानकारी दिए ।
डम्बरध्बज स्मृति सामुदायिक भवन निर्माणका लागि लैनबहादुर थापा (सुब्दार बा), डम्बरध्बज थापा र जनज थापाले जग्गादान गरेका थिए । भवन उद्घाटन कार्यक्रममा जग्गादाता जनक थापालाई निर्माण समितिले सम्मान समेत गरेको थियो । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकुल थापाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गा बहादुर बस्नेत, वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, पूर्व न्यायाधिवक्ता बुद्धि बहादुर कटुवाल, नेपाली काँग्रेसका महासमिति सदस्य जगत् कार्की, जग्गा दाता जनक थापा , वडा नं ५ का सदस्यहरू, स्थानिय राजनैतिक दलका प्रतिनिधिहरू, स्थानिय सङ्घ संस्थाका पदाधिकारीहरू, स्थानिय समाजसेवीहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डम्बरध्बज स्मृति सामुदायिक भवन निर्माण उपभोक्ता समितिका सचिव जित बहादुर कार्कीले निर्माण कार्यको आय, व्यय समेत प्रस्तुत गरेका थिए ।