धरान : मुक्कुमलुङ पक्षधरद्वारा धरानमा केवलकार पक्षका ताप्लेजुङका पदम चेन्जी माबोलाई कालोमोसो दल्दै हातपात समेत गरेका छन् ।

धरान-२ स्थित एच के मेलोडी होटलमा आइतबार याक्थुङ चुम्लुङले पत्रकार सम्मेलन गरिरहेको स्थानमा रहेका माबोलाई मुक्कुमलुङ पक्षधरले कालोमोसो दल्नुका साथै हातपात समेत गरेका हुन ।

माबो याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्षको रूपमा पत्रकार सम्मेलनमा उपस्थित थिए । उनी मुक्कुमलुङमा केवलकार बन्नुपर्छ भन्ने पक्षधरका मान्छे भएको र सामाजिक सञ्जालमा 'नो केवलकार' पक्षहरूलाई विभिन्न आलोचना गरेको आरोप आन्दोलनरत पक्षले कालोमोसो दल्दै हातपात गरेका हुन।

'नो केवलकार' पक्षधरका नेता अमर ईजमले पत्रकार सम्मेलन गर्ने संस्थासँग नो केबलकार पक्षधरको कुनै सरोकार र उहाँहरूको पत्रकार सम्मेलन गर्ने अधिकार भएको बताए ।

ईजमले माबोले 'नो केबलकार' पक्षधरहरूलाई सामाजिक सञ्जालमा मनपरी बोलेको र केबलकार सञ्चालक चन्द्र ढकालसँग पैसा खाएकोले माबोलाई खबरदारी गर्न पुगेको बताए । उनलाई आक्रोशित समूहको भिडले मुक्कुमलुङ जिन्दाबाद भन्दै पहिचान विरोधी मुर्दावाद भन्दै कालोमोसो दलेका थिए ।

कालोमोसो दलेपछि घटना स्थलमै केबलकार बनाउने माबोले आफू पहिचानको पक्षधर रहेको र केबलकार नबनाउने पक्षमा अबका दिनमा बोल्न र विगतको आफ्नो अभिव्यक्ति गलत भएको भन्दै माबोले माफी मागेका थिए ।

माबोले माफी मागेपछि घटना स्थलबाट मुक्कुमलुङ पक्षधरहरू सो स्थलबाट बाहिरिएका थिए । भने याक्थुङ चुम्लुङ टोली सहित माबो पनि स्थलबाट बाहिरिएपछि प्रहरीहरू घटना स्थलमा आएर मुचुल्का उठाएका घटनाका प्रत्यक्षदर्शी रोहित कुलुङले बताए ।

उनले घटनाको मुचुल्का उठाएपछि प्रहरीले मुक्कुमलुङ पक्षधर र केबलकार बनाउनु पर्छ भन्ने ताप्लेजुङका माबोलाई सम्पर्क गरेको उनले बताए । इलाका प्रहरी कार्यालय धरानले ताप्लेजुङका माबोले जाहेरी दिने भन्दै प्रहरी कार्यालय आएको जनाएको छ ।

Haatpaat-mukkumakung