इटहरी : नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल थारु सङ्घ रामधुनीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामधुनी नगरपालिकाको पहिलो कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
थारु सङ्घ सुनसरीका सभापति नवीन कुमार चौधरी को सभापतित्वमा भएको अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनबाट भुवनेश्वर चौधरीको अध्यक्षतामा गठित समितिको सचिवमा गङ्गा चौधरी चयन भए ।

सङ्घका केन्द्रीय सदस्य मनेश कुमार चौधरीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले उपसभापतिमा इन्दु राजधामी र जीवन कुमार चौधरीलाई चयन गर्यो ।
सहसचिव आनन्द चौधरी र दुर्गा चौधरी निर्विरोध भए भने सदस्यहरूमा दीपेश चौधरी, अञ्जली चौधरी, होहि लाल चौधरी, सङ्गीता चौधरी, दुलार चन्द चौधरी, तरिक लाल चौधरी, आशा चौधरी, भरत चौधरी, सञ्जीव चौधरी, यादव चौधरी र देव नारायण चौधरी चयन भएका हुन् ।