धरान : हाम्रो मोबाइल सङ्घ धरानको अध्यक्षमा जीवन शाक्य पुनः चयन सर्वसम्मत चयन भएका छन् ।
सङ्घको शनिवार हरियाली सामुदायिक वनमा भएको दोस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएको हो ।

अधिवेशनले सङ्घको उपाध्यक्षमा विमला खतिवडा, सचिवमा सबिन लम्साल, कोषाध्यक्ष सचिन पोखरेल तथा सहसचिवमा सुरेन्द्र दाहाललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा क्रमशः बुद्धराज लिम्बु, सन्नी गुप्ता, लुसन मल्ल, मीनकुमार राई, सहिद अनवर, मनीषा राजधामी, आशिष् राज यादव चयन भएका छन् भने एक जना सदस्य पछि मनोनीत गरिने सचिव लम्सालले जानकारी दिए ।
अधिवेशन सँगै वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सङ्घका अध्यक्ष जीवन शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले रहेका थिए भने कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, अधिवक्ता रवीन्द्र कुमार भगत लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाले सचिव सविन लम्सालले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सचिन पोख्रेलले पेस गरेको आर्थिक प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको थियो ।