धरान : बराह बचत तथा ऋण सहकारीबाट ऋण लगेका २१० ऋणीहरू विरुद्ध सुनसरी जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दर्ता भएको छ

धरान–९ का शङ्कर थापा क्षेत्री समेत ४१८६ जना र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक दिनेश अधिकारी समेतले जाहेरी दर्ता गरेका थिए । सोही आधारमा प्रहरीले अदालतमा ऋणीहरू समेतका विरुद्ध अभियोग पत्र दर्ता गरेको हो । बराहबाट ऋण लिने २१० जना ऋणीहरूको नाममा साँवा ४ करोड ५४ लाख ९८ हजार २१ रुपैयाँ रहेको छ । उक्त साँवाको व्याज ४ करोड ७१ हजार २० हजार ९११ रुपया गरी कुल ९ करोड २६ लाख १८ हजार ९३२ रुपया उठ्न बाँकी रहेको देखिने जिल्ला प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए । उनले साँवा भन्दा ब्याज बढी छ  ।

ऋणीहरूको साँवा व्याज रकम असुल भए पनि बराहमा भएको बचत तथा लगानीकर्ताको रकममा भएको हिनामिना रकम असुल हुने भने देखिन्न । 

बराहमा कुल १० अर्ब ७३ करोड भन्दा बढी रकम अपचलन भएकोमा जिल्ला सरकारी वकिल कार्यालय मुद्दा दायर गरेको छ । सहकारीका सञ्चालक ३५ जना विरुद्ध सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम मुद्दा लगाइएको छ । २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिम र २१० जना ऋणी विरुदलाई प्रतिवादी बनाइएको छ ।

ऋणीहरूको नामावली बराहबाट ऋण लिनेमा सञ्चालकहरू, उनीहरूका आफन्तहरू, बराहका कर्मचारीहरू पनि छन् । त्यस मध्ये सुमित्रा बिकले ५४ लाख ३ हजार ४५४ रुपया, सुरज कालिकोटे ४१ लाख ४सय १३ रुपैयाँ, शिवहाङ लिम्बु ३४ लाख ३४ हजार ७१५, हिते विश्वकर्मा ३० लाख ५६ हजार ७१२, ज्ञान बहादुर घतानी २८ लाख ७९ हजार ६०१ रुपया छन् ।

यस्तै चन्द्रकला थपलिया रिजाल २७ लाख ९९ हजार २५६, गोपाल लामिछाने २४ लाख ७ हजार ७४५, सरस्वती तामाङ २३ लाख ६१ हजार ३२१, सानु विश्वकर्मा २२ लाख ४३ हजार ५०४, सरिता विश्वकर्मा २० लाख ८७ हजार ७०५, कमला सेनेहाङ्ग २० लाख ३८ हजार ९०४,सङ्गीता राई १८ लाख ८ हजार ५२७, सिर्जना बिक १७ लाख ७७ हजार ४५९, दिनेश विश्वकर्मा १७ लाख ४७ हजार ७४१, कुमार राई १७ लाख ४२ हजार २८७ रुपया छन् ।

यस्तै भीम बहादुर लिम्बु १६ लाख ५७ हजार ७०५, उदिम बहादुर कामी १६ लाख ६८ हजार ६१८, बलराम भट्टराई १६ लाख ४८ हजार ९५९, जगत प्रसाद चौलागाई १५ लाख ७४ हजार ४३३, खगेन्द्र विश्वकर्मा १५ लाख७० हजार ३८६, प्रेमबहादुर बिक लोहार १५ लाख ६७ हजार २३१, प्रतिक विश्वकर्मा १५ लाख ६१ हजार ९२६, उषा राई १५ लाख ५ हजार ७९३ छन् । यस्तै सूर्यबहादुर विश्वकर्मा १४ लाख ३ हजार ८७९, विष्णु राई १३ लाख ३१ हजार ५१६, विक्रम मरिक १३ लाख १३ हजार ९९७, सुमित्रा नेपाली १२ लाख ५४ हजार १७७, पङ्कज कुमार देव बैसा १२ लाख ४४ हजार ६३३, अजय कुमार लुगेली मगर १२ लाख १२ हजार ६७३, होमराज कालिकोटे ११ लाख ३८ हजार ३३३, गोमा गजमेर(बिक) ११ लाख २९ हजार २ रुपया छन् । यस्तै सरिता राई ११ लाख १७ हजार ६८७, मैंया खडका १० लाख ९१ हजार २१४, दीपेन्द्र निरौला १० लाख ९१ हजार २१४ँ, लालमाया विश्वकर्मा १० लाख ९ हजार ८६३, बुद्ध बहादुर बिक ९ लाख ९५ हजार ६९५, नवराज सिग्देल ९ लाख ७९ हजार ९८६, विशाल बराइली ९ लाख ६५ हजार ५४८, विमलादेवी ९ लाख ५४ हजार ६४७ रुपया छन् । यस्तै हरि केशर लिम्बु ८ लाख ९९ हजार ५५४, शारदा विक ८ लाख १६ हजार ८९५, यमुना नेपाल ७ लाख ९८ हजार ६८३, पदमा कुमारी ७ लाख ८५ हजार ३३६, विनय गुरुङ ७ लाख ४५ हजार ६१९, नबर्दा कुमारी श्रेष्ठ ७ लाख ३७ हजार २९३, विजय सिटौला ७ लाख १८ हजार ३५१, भिमा कुमारी पुलामी मगर ७ लाख १२ हजार २० रुपया छन् ।

यस्तै तीर्थ देवी राई ७ लाख ११ हजार २०, विक्रम तिम्सिना ७ लाख १० हजार १९८, कविता विश्वकर्मा ६ लाख ९४ हजार ४२४, समोज कुमार खत्री ६ लाख ९२ हजार ३८४, अम्बर बहादुर विश्वकर्मा ६ लाख ८४ हजार ३२४, धन बहादुर बिक ६ लाख ५० हजार १०६, रमेश मरिक ६ लाख २६ हजार ७९५, प्रकाश बराइली बिक ६ लाख २० हजार ८६६ रुपैयाँ छन् ।

रुपैयाँ गरी जम्मा २१० जना ऋणीहरू प्रतिवादी उपर बिगो समेत कायम गरी सहकारी ऐन २०७४ बमोजिम अभियोग कायम गर्न माग गर्दै सुनसरी जिल्ला अदालत कार्यालय इनरुवामा मागदावी अभियोग कायम गर्दै २१० जना ऋणीहरूलाई फरार सुचीमा समेत राखेको छ ।