धरान: पर्यटकीयस्थल भेडेटारमा बराह ज्वलेरी इष्टड्रष्ट्रिज प्रालिले ज्लेरी र डिपार्टमेन्ट स्टोरको शाखा विस्तार गरेको छ ।

भेडेटार चोकमा सञ्चालनमा आएको स्टोर र ज्वेलरी शोरुमको बुधबार एक समारोहबीच साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याक्खाले रिबन काटेर उद्घाटन गरेका थिए । पर्यटकीयस्थल भेडेटारमा थप सुविधा विस्तार भएको भन्दै अध्यक्ष याक्खाले खुशी व्यक्त गरे । साथै, उनले गाउँपालिकाले आर्थिक विकास तथा व्यवसाय प्रर्वद्धनको लागि सहयोग गर्न तयार रहेको पनि बताए ।

IMG_3991

बराहका अध्यक्ष शिवकुमार लामिछानेले भविष्यमा नाम्जेमा फुलबारीसहित होम स्टे पनि शुरुवात गर्ने योजना रहेको बताए । यसको लागि जग्गा खरीद भइसकेको उनले बताए । बराहको २५ बर्षे व्यवसायिक यात्रामा २५ वटा नै कम्पनी भएको उल्लेख गर्दै उनले देश र विदेशमा पनि व्यपार विस्तार गर्न सफल भएको बताए । साथै उनले साथ सहयोगमा पनि अपेक्षा गरे । धरान प्रमुख मानबहादुर विश्वकर्माले भेडेटार तथा साँगुरीगढी गाउँपालिकाको आर्थिक, सामाजिक र व्यवसायिक क्षेत्रमा टेवा पुर्याउने र स्थानीयबासीलाई स्वरोजगार बनाउने उद्देश्य रहेको पनि बताए ।

होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बराहको शाखा विस्तारले होटल व्यवसायी र पर्यटकहरुलाई धेरै राहत मिलेको बताए । आवश्यक सामान खरीद गर्न अब धरान झर्नुपर्ने बाध्यता हटेको पनि उनको भनाई थियो । कार्यक्रमलाई महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, डि.बि.राईलगायतले पनि सम्बोधन गरेका थिए ।

IMG_4002