धरान : भोजपुरको साबिक ठुलोदुम्मा-८ का विजयकुमार राईको हत्या अभियोगमा भोजपुर जिल्ला अदालतबाट दोषी ठहर गरेका फरार अभियुक्त पौवादुम्मा-६ का ४६ वर्षीय शान्तकुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार शान्तकुमारले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी विजयकुमारलाई गम्भीर घाइते बनाएका थियो । उपचारका लागि भोजपुर जिल्ला अस्पताल भर्ना गरिएको विजयको साउन १८ गते मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा-६ का हाल ४६ वर्षीय शान्तकुमारलाई घटनाको २४ वर्ष पछि पक्राउ गरेको जनाएको छ ।

घटना घटाई फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलास गर्दा गाउँघरमा नै आएको थाहा पाएपछि प्रहरीले फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई अदालतद्वारा तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।