धरान : ब्याट्री चार्ज गर्न राखिएको सिटि सफारीमा बिजुलीको करेन्ट प्रवाह हुँदा सुनसरीको भोक्राहानरसिंह गापामा मङ्गलवार दिउँसो एक बालिकाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार भोक्राहानरसिंह-६ साहु टोलका सुदिप साहकी ३ वर्षीय छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको हो ।

छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्न चढेकी अचानक करेन्ट लागेर बालिका घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागी सुनसरी जिल्ला अस्पताल इनरुवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमको लागी वीपी प्रतिष्ठान धरान पुर्याइएको प्रहरीले जनाएको छ ।
धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।