धरान : प्रेम सम्बन्ध टुटेका एक युवतीलाई ब्ल्याकमेल गर्ने प्रेमीको साथी ललितपुर-४ शान्तिपर्व मार्गका २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले गएको मङ्गलवार साइबर ऐन अन्तर्गत पक्राउ गरेको छ ।

सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध हुँदा प्रेमिकाले प्रेमीलाई पठाएको गोप्य भिडिओ उनीहरूको ब्रेकअप भएपछि प्रेमी युवकको साथी आयुषले दुरुपयोग गरी युवतिसँग पैसा माग्ने शारीरिक सम्बन्ध राख्न बोलाउने गरेका थिए ।

नआएमा भिडिओ सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी युवतीलाई मानसिक तनाव दिएर ब्ल्याकमेल गर्न खोजेपछि युवतीले प्रहरीको साइबर व्युरोमा उजुरी गरेकी थिइन् ।

नेपाल प्रहरी साइबर व्युरोका प्रहरी उपरीक्षक दिपकराज अधिकारीले विज्ञप्ति जारी गर्दै आयुष अधिकारीलाई विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन २०६३ अनुसारको कसुरमा पक्राउ गरेको जनाएको छ ।

Breakup-Blackmail 1