धरान : काठमाण्डौका सुरज राना मगरले धरानमा आज शनिवार भएको राष्ट्रिय एमटिबि रेस साइक्लो क्रस २.० प्रतियोगिताको उपाधि जितेका छन् । उनि सशस्त्र प्रहरी बलका काठमाण्डौका साइकल रेसर हुन ।

रोटरी क्लब अफ धरानद्वारा आयोजित १८ किलोमिटर दुरी राना मगरले ४५ मिनेटमा पुरा गरे । उनले उपाधिसँगै नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपविजेता काभ्रेका अच्युत कृष्ण खरेल भए । खरेलले ४५ मिनेट १ सेकेन्डमा उक्त दूरी पुरा गरे। खरेल गत वर्षको साइक्लो क्रस १.० मा विजेता थिए।

धरानका दीप सागर तामाङ तृतीय भए । उनले ४५ मिनेट २ सेकेन्डमा दुरी पुरा गरे । उनले नगद १० हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गरे । तामाङ गत वर्ष उपविजेता थिए ।

उदयपुर गाईघाटका निमा शेर्पाले चौथो हुँदै ४९ मिनेटमा दुरी पुरा गरे, गाईघाटकै कुसाहाङ शेर्पा पाचौ स्थान, धरानका रेवन राई छैटौँ, भारत पुन्यिकाका यश देव सातौँ स्थानमा रहे । उनीहरूले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिला तर्फ फाष्टर राईडर विजेता निक्कि नेम्वाङ्ग भईन । उनले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै मास्टर ४० वर्ष माथिका फास्टर राईडको उपाधि गणेश गुरुङले प्राप्त गरे । उनले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

साइक्लो क्रस रेससँगै १० किलोमिटरको बालबालिकाको शिक्षाको लागि ‘च्यारिटी फन राइड’ साइक्लो फन ३.० जिरो पनि सम्पन्न भएको छ । च्यारिटी फन राईडबाट सङ्कलित रकम सरस्वती मावि पानमारामा खेलकुद स्थल निर्माण गरिने रोटरी क्लब धरानका अध्यक्ष विनयलाल श्रेष्ठले बताए । खेलकुद स्थलमा पिङ, रोटे पिङ, चाकाली चुली जस्ता खेल बनाइने छ ।

साइक्लो फन ३.० जिरो भानुचोकबाट छाता चोक, पृथ्वी रोटरी चोक, सिंहदेवी, चिनियाँ चौक, माछाभौडी, सदन रोड, पिण्डेश्वर चोक, श्याम चोक, महादेव चोक, सेउती खोला पुल, दलार्मी चोक, पानबारी, स्कुलडाडाँ हुँदै सरस्वती मावि पान बारी पुगेको थियो ।

१८ किलोमिटरको साइक्लो फन २.० जिरा भानु चोकबाट छाता चोक, जिरो पोईन्ट, अमर हाट, पञ्चकन्या चोक, विजयपुर स्कुल, बेलडाँडा चोक, सेउती खोला बसन्तटार, त्रिवेणी चोक, पत्रङबारी, कुलुङ चोक, बगरकोट, देउराली, आईते चोक, अधेरी खोला ठिगाबारी, कर्मा चोक सेरा खोला पुल, सयपत्री चोक, टप चोक, स्कुल डाँडा, पानमारा हुँदै सरस्वती माविमा समापन भएको थियो ।

साइक्लोक्रस रेसका सहभागीहरूले विद्यालय परिसरमा स्लो साइकल रेस तथा प्रोफेसनल साई क्लिष्टहरूद्वारा कोरियो ग्राफ स्टन्ट सो समेत प्रस्तुत भएको थियो ।

cycle-race-1niki-nemwang