वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिका भित्र रहेका धार्मिक क्षेत्रको प्रवर्धनका लागि गठन भएको बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्षमा प्रकाश बस्नेत नियुक्त भएका छन् ।
कोशी प्रदेश सरकारको ३९औँ मन्त्रीपरिषद्को निर्णयअनुसार बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्षमा वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरा बजार निवासी प्रकाश बस्नेत नियुक्त भएका हुन । बृहत्तर वराहक्षेत्र विकास समिति नेपाली काङ्ग्रेसको भागमा परेको थियो ।
बृहत्तर वराहक्षेत्र विकास समितिका कार्यकारी सदस्यमा वराहक्षेत्र नगरपालिका वडा नं.२ प्रह्लाद भट्टराई, बेलका नगरपालिका (ठोक्सिला) निवासी लक्ष्मीराज अधिकार, वराहक्षेत्र ६ निवासी टीका कुमारी श्रेष्ठ नियुक्त भएका छन् । यस अगाडि बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्षमा चतराकै भेषराज घिमिरे र कार्यकारी निर्देशकमा धरान पटनालीका गोपाल खत्री रहेका थिए ।