धरान : एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा शनिवार स्कुलका ४ जना शिक्षक/शिक्षिकालाई सम्मान गरेको छ ।

धरान-१७ स्थित स्कुलमा भएको कार्यक्रमबिच प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले उनीहरूलाई सम्मानपत्र प्रदान गरे ।

सम्मानित शिक्षिका जुनाहाङ्ग राई, ललिता ल्वागुन, सुप्रिया शाह र शिक्षक सौगात राई छन् ।

शिक्षक/शिक्षिकालाई प्रोत्साहित गर्न सम्मानित गरिएको निर्देशक अनिश राईले बताए । उनले आगामी दिनमा शिक्षक/शिक्षिका लाई प्रोत्साहन गर्ने कार्यलाई पनि निरन्तरता दिने बताए ।

वार्षिकोत्सवमा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरूले नृत्य, गायन सहितका अतिरिक्त क्रियाकलापहरू प्रदर्शन गरे । स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क लिम्बूले गरेका थिए ।