धरान : प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना प्रदेशका प्रहरीहरू मध्ये उत्कृष्ट चयन गरी सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

सर्वोत्कृष्ट घोषित प्रहरी निरीक्षक कुँवरले चैत २५ गते धरान-६ पञ्चकन्या जङ्गलमा पहिचान नखुलेको रहस्यमय अवस्थामा फेला परेको महिलाको शवको अनुसन्धान, विश्लेषण गरी मृतक धनकुटा महालक्ष्मी नपा-१ खाप्राङ बस्ने वर्ष ३४ की चुनकुमारी दाहाल बुढाथोकी भनी पहिचान गर्न सफल भएका थिए । 

उक्त घटनाको अनुसन्धान गरी मृतकलाई कर्तव्य गरी हत्या गर्ने ७ जना मानिस पहिचान गरी तत्काल ५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याए । साथै घट्नामा प्रयोग भएका ३ वटा मोटरसाइकल समेत बरामद गरेका थिए ।

प्रहरी निरीक्षक कुँवर र प्रहरी सहायक निरीक्षक नवराज कार्कीबाट उक्त अनुसन्धान कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै २०८१ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी गरिएको हो ।

प्रहरी निरीक्षक कुँवरबाट विभागीय मूल्य मान्यताको रक्षा, आदेश, निर्देशनको पालना इमानदारी पूर्व निर्वाह भई प्रहरीको उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह भएको ठहर गरी ‘सर्वोकृष्ट प्रहरी’ घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

police of the month