धरान : बालिका यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति र उसलाई भगाउने सहित ४ जना विरुद्ध सोमबार पीडित परिवारले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका छन ।  
खोजी कार्य तीव्र छ : डिएसपी जवेगु 
इलाका प्रहरी कार्यालय धरानमा डिएसपी प्रकाश जवेगुले पीडित परिवारले उजुरी दिए पनि उनीहरूको पहिचान नखुलेको बताए।उनका अनुसार खोजी कार्य तीव्र गरिएको छ ।
पीडित परिवारले ४ जना मध्ये श्रमदातालाई भगाउने व्यक्ति र १ जना मुख्य आरोपित दुर्व्यवहार गर्ने व्यक्तिका विरुद्ध उजुरी दिएका छन् । उनीहरूको पहिचान गर्ने कार्य भइहेको छ तर पक्राउ गर्न सकिरहेको छैन ।
धरान-१७ का अन्दाजी ५५ देखि ६० वर्षीय श्रमदाताले धरान-१६ नौलो बस्तीकी एक बालिकालाई यौन दुर्व्यवहार गरेका थिए ।
नाम थाहा नभएका आरोपित व्यक्ति नगर प्रमुख हर्क साम्पाङको श्रमदान कार्यक्रमको भान्से भएको पीडित बालिकाको काका पर्ने बमबहादुर बिकले बताए ।
उनका अनुसार गत: वैशाख १७ गते बुधवार धरान-१६ मा बहुभाषिक पाठशालामा चलिरहेको श्रमदानमा उनी किचनको भान्से थिए ।विकले भने ‘यौन दुर्व्यवहारको घटना पछि मेयर सापलाई भेट्न खोज्दा भेटने समय नै दिएनन्, मेयर साव पारा मिलेन भन्दै नाची रहेका थिए, तर समय दिएनन् ।’ 
घटना मिलाउने प्रयास  
घटना मिलाउन श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङ आएको बमबहादुर विकले बताए । बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई उनीहरूले नै भगाएको विकले आरोप लगाएका छन् । 
उनले घट्नाको विवरण सुनाउँदै भने ‘नानीलाई दुर्व्यवहार वैशाख १७ गते बुधवार भएको थियो । सो दिन श्रमदान चलिरहेको थियो । म पनि श्रमदानमै तार काट्दै थिएँ ।’
विकका अनुसार दुर्व्यवहार गर्ने व्यक्तिले श्रमदाताको टिसर्ट लगाएर जुस बढ्दै थियो ।त्यसको आधा घट्नापछि श्रमदाताको टिसर्ट लगाएको व्यक्तिले नानीलाई खोलापारि लादै गरेको देखियो ।तर वास्ता नगरीकन काम गरिरहे थिएँ ।पछि नानीले कराउँदै बोलाइन् पछि हेर्दा श्रमदाताले कट्टु फुकाले र कट्टु तान्दै गरेको दृश्य देखेँ । श्रमदातालाई बोलाउँदा‘किन आउनु’भन्दै झर्किँदै कट्टु तान्दै
भागे ।विकले भने ‘मैले लखेटेर पक्राउ गरेर बहुभाषिक पाठशाला अगाडी ल्याएँ उनकी आमाले २ झापड हानिन् ।’
विकले भने ‘हामीले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी हुन ।यस्तालाई कुटेर केही फाईदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ, छोरी मान्छे हो पछि विवाह नहुने यस्तो कुरा लुकाउनु पर्छ भने ।’श्रेष्ठले सामान्य विषय हो यस्तो कुराको झन्झटमा पर्नु हुँदैन ।मान्छेले नराम्रो भनी रहेका छन् । श्रमदानको बेइज्जत हुन्छ भन्दै घटना प्रहरी सम्म कुरा पुग्न दिएन ।
विकले भने ‘त्यो सबै देख्ने घटनास्थलमा १५ देखि २० जनाको सङ्ख्यामा थियौ ।’ नगर प्रहरी र युटुयुबरहरु पनि थिए । विकका अनुसार उक्त घटना हुँदा त्यहाँ नगर प्रहरी पनि थिए,युटुबरहरुले सबै खिची रहेका थिए ।
उनले भने ‘एक जना काले कालेले म पत्रकार हुँ भन्नेले सबै घटना क्रम देखेका थिए, घटनाको भिडियो फोटो पनि खिचेका थिए,यो घटना लुकाउनु हुँदैन यसको समाचार बनाउनु पर्छ भरै तपाईँलाई फोन गर्छु भन्दै मेरो फोन नम्बर लगे तर त्यो पत्रकार हुँ भन्नेले खिचेको भिडिओ युट्युबमा आएको देखिएन ।’
आमा सोझो भएकीले घटना लुकाए : टिएलो अध्यक्ष 
नौलो बस्ती टिएलो अध्यक्ष उत्तम कार्कीले घटनाको प्रत्यक्षदर्शी आफू नभए पनि खोला पारीबाट श्रमदातालाई पक्रेर ल्याएको देखेको बताउँदै भने ‘मेयर, वडाअध्यक्ष सहित वडासदस्यहरु सबै थिए, प्रहरीलाई बोलाएर पटाइदिनु भन्दै घरमा पाहुना आएकोले घर गएँ ।’
उनका अनुसार पाहुना बिदा दिएर फर्केर जाँदा घटना मिल्यो भन्दै कुन्दन श्रेष्ठले भने ‘मानसिक रोगी हो धेरै चलाउनु हुँदैन, श्रमदानको समेत बेइज्जत हुन्छ ।’ कार्कीले मानसिक रोगी हो भने किन श्रमदाताको टिसर्ट लगाउन दिइयो छ ?
यसको जवाफ कसले दिने भनी प्रश्न गर्दै भने ‘पीडित बालिकाको आमा सिधा भएकाले समयमा उजुरी दिन सकिएन ।’ 
वडाध्यक्ष मुरारी भट्टराईको भनाई 
धरान-१६वडाध्यक्ष मुरारी भट्टराईले घटना घटेको समयमा आफू भर्खर श्रमदान स्थलमा पुगेको बताए।
उनका अनुसार घटना घटेको थाहा पाएर प्रहरी बोलाएर जिम्मा दिनु भन्दै वडासदस्यहरुलाई भनेर घरमा छोरीको बिहे थियो, बेहुला हिँडिसकेको भन्ने खबर आएपछि घर फर्किएँ । 
छोरीको बिहे भएकाले हप्ता दिन जस्तो घरबाट निस्कन नपाएको उनको भनाई छ । पछि प्रहरीलाई बुझायौ ? भनेर सोध्दा होइन घटना मिलि सक्यो मिलाइयौ भनिएको वडाध्यक्ष भट्टराई ले बताए । उनले भने ‘श्रमदाताले यौन दुर्व्यवहार गरेको कुरा हामीले उठाउँदा राजनीतिक नियतले विरोध ग¥यो भनी आरोप लगाउँछन् भनेर चुप बस्यौँ ।’ 
उनका अनुसार धरान–१६ बहुभाषिक पाठशाला पछाडि बालिका माथी यौन दुर्व्यवहारको घटना भएको हो ।अढाई महिना पछि गाउँलेहरूले एक बालिकालाई यौन दुर्व्यवहार गरेको कुरा युट्युब र सामाजिक सञ्जालमा भाइरल भएको थियो  ।