वराहक्षेत्र : नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्र बहादुर कार्कीले फागुन २१ को निर्वाचन पश्चात् नेपाली काँग्रेसका सभापति गगन थापाको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
चुनावी अभियानको क्रममा क्षेत्रबासीहरूको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहेका कार्कीले विशेष अधिवेशनबाट निर्वाचित सभापति थापालाई नेपाली काँग्रेसका कार्यकर्तादेखि नेपाली आमा बुबा र युवाहरू प्रधानमन्त्री बनाउने चाहना रहेको उनले जिकिर गरे ।
पार्टी भित्र विशेष र नियमित पक्षधरहरू बिचको लडाइँले पार्टी फुटको संघार पुगेको थियो । दुर्घटनाबाट जोगाउन भूमिका निर्वाह समेत गरेको उनले बताए । उनले भन्ने नेपाली काँग्रेस फुटको नजिक पुगेको थियो ।
केन्द्रमा बसेर समन्वयकारी भूमिका निर्वाह गरे । 'आम कार्यकर्ताको माग र चाहना अनुसार नै गगन थापालाई पार्टी सभापतिको रूपमा स्थापित भएका छन् । उहाँकै हस्ताक्षरको टिकट लिएर चुनावी मैदानमा आएको छु ।'
नेपाली काँग्रेसको प्रधानमन्त्रीको रूपमा सभापति थापालाई अगाडि सारेको छ । अब सबै क्षेत्रमा काँग्रेसका उम्मेद्धवार विजयी गराई गंगन थापाको नेतृत्वमा बहुमतको सरकार बनेछ । उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई हार्दिकताका साथ निर्वाचनमा सहभागी हुन समेत आग्रह गरेका छन् ।
राष्ट्रिय भेला हल्ला मात्र :
राष्ट्रिय भेला हल्ला मात्र भएको हुनले बताए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा देखिएको उत्साह , एकता र जनलहरबाट डराएर काँग्रेसको विजयी नचाहनेहरूले मिडियामा राष्ट्रिय भेलाको नचाहिँदो हल्ला मात्र चलाएको उनले बताए ।
राष्ट्रिय भेला सामाजिक सञ्जालमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूलाई विचलित र निराश बनाउन केबल कु-प्रचार मात्र गरेको उनले बताए ।
विकास विनाको राजनीति केवल खोक्रो भाषण मात्र :
२०७४ र २०७९ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका पूर्व मन्त्री समेत रहेका कार्कीले विकास विनाको राजनीति केबल खोक्रो भाषण मात्र हुने बताए ।
२०७४ अगाडिको क्षेत्र र त्यस पछि क्षेत्रमा आएका विकास योजना , सडक , पूर्वाधार निर्माणले आफूलाई पुनः उमेद्बार बन्न हिम्मत आएको बताए । क्षेत्रमा भएको समस्या हल गर्ने र विकास योजना ल्याउन सधैँ लागि परेको र केही अधुर तथा आवश्यक योजनालाई पूरा गर्न उमेद्बार भएर आएको र क्षेत्र बासीहरूले गर्दै आएको विश्वास र माया पुनः पाउनेमा विश्वस्त रहेको बताए ।
देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा अबको काँग्रेस नेतृत्वको सरकार लागि पर्ने बताए । "विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना सरकारले बनाउने छ ।
जातीय सद्भावलाई बिगार्न तत्त्वहरू प्रति खबरदारी गरौँ
भोट पाउने आशामा जातीय सद्भावलाई बिगार्न तत्त्वहरू सक्रिय बन्दै गएको हुँदा त्यस्तो कार्यलाई खबरदारी गर्नुपर्ने उनले बताए ।झुट बोल्ने, सद्भाव बिथोल्ने विरुद्ध होसियार हुन समेत कार्कीले आग्रह गरे ।