धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज गरिएको परीक्षणमा धरानको एक महिला र धनकुटाका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

धरानको सङ्क्रमित धरान १३ शिबधारा निवासी ५२ वर्षीय महिला रहेको पुष्टि भएको छ । धनकुटाबाट आएको स्वाबको नमुनामा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको बताइएको छ ।

पछिल्लो रिपोर्ट अनुसार अहिले दुवैको सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने भई नसकेको बताएको छ ।