धरान : तेस्रो मेयर कप–धरान स्कुल ओलम्पिक फेस्टिभलको उद्घाटनमा भएको फुटबल  खेलमा पब्लिक स्कुल धरान–१२ ले विजयी सुरुआत गरेको छ।
धरान रङ्गशालामा शनिवार भएको उद्घाटन खेलमा पब्लिक स्कुलले धरान आदर्श विद्यालय धरान–१ लाई ३–० गोल अन्तरले पराजित गर्दै  विजयी भएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पब्लिक स्कुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो। पब्लिक स्कुलका रिकजन शेर्पाले खेलको दोस्रो आफको ३ औ मिनेट र १८औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए। 
यसपछि सिद्धान्त तामाङले दोस्रो हाफको ३४औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे।धरान आदर्शले खेलमा फर्कने प्रयास गरे पनि पब्लिक स्कुलको बलियो आक्रामक खेलका कारण गोल गर्न सकेन। खेलको ६३औँ मिनेटमा धरान आदर्शका सन्देश खड्काले रातो कार्ड पाएपछि आदर्शले १० खेलाडीमा सीमित बनेको थियो।
प्रतियोगिताको फुटबल विधामा धरानका निजी तथा सामुदायिक गरी २९ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विष्णु मेमो रियल,पब्लिक स्कुल,धरान लिगामेन्ट,श्री माध्यमिक विद्यालय, पञ्चायत दन्तकाली,ज्ञानोदय स्कुल, ल्याबोरेटरी मावि,सैनिक आवासीय मावि,ज्वालामुखी मावि,पब्लिक मावि फुस्रे,भानुस्मृति मावि,हिविस्कस स्कुल,डीपी विल्बर्स,होलील्यान्ड इन्टरनेशनल,सुनाखरी एकेडेमी, डिपो मावि,नवोदय विद्यामन्दिर, ज्ञान कुञ्ज आवासीय स्कुल, प्रभात स्कुल, युनाइटेड गोर्खा एकेडेमी,नोबेल एकेडेमी, मेघा हिमालय स्कुल,नेपाल पुलिस स्कुल, पञ्चायत मावि,समिट मावि,धरान मोडल स्कुल,देउराली चिल्ड्रेन एकेडेमी,सेन्ट जोसेफ स्कुल र जेम सेकेन्डरी स्कुल सहभागी छन्।
धरान खेलकुद मञ्चको आयोजनामा सञ्चालन भइरहेको तेस्रो धरान स्कुल ओलम्पिकअन्तर्गत फुटबलसहित विभिन्न खेलहरू क्रिकेट,भलिबल, सितेरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, सेपाक ताक्रो,उसु र ब्याडमिन्टन प्रतियोगिता  समावेश रहेका छन् ।
football