इटहरी : नेपालमा थप ९ जना कोरोना संक्रमित पुष्टी भएका छन् । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुष रहेका छन् । त्यसै गरि सप्तरीमा ३५ वर्षीय पुरुष, भक्तपुरमा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडामा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार मात्र नेपालमा ५९ जनामा कोरोना पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको हो ।