सुनसरी : सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज दिउँसो साँढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अंसारीलाई उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।