धरान : सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालले प्रदेश नम्बर १ का ६ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई १४ लाख ४५ हजार ३ सय ८५ बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

आइपासले प्रदेश १ का ६ जिल्लामा रहेका सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूलाई पिपिइ ,के एन नाइट फाइभ मास्क लगायतका सुरक्षा सामाग्री वितरण गरेको हो । संस्थाले तेह्रथुम, संखुुवासभा,सुनसरी,इलाम,मोरङ र पाँचथरका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको संस्थाका प्रदेश नम्बर १ संयोजक केदार भण्डारीले जानकारी दिए ।

सुरक्षित गर्भपतन , प्रजनन स्वास्थ्य सँगै परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको संस्थाले कोसी अञ्चल अस्पताल , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , धरान उपमहानगर पालिका , पाँचथर जिल्ला अस्पताल लगातका स्वास्थ्य क्षेत्रमा काम गर्दे आएका चिकित्सक तथा स्वास्थ्यकर्मी सँगै महिला स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको भण्डारीले बताए ।

पिपिइ सेट ९१ थान, एप्रोन ३ सय २५ थान, के एन नाइट पाइभ मास्क २ सय ४० थान, सर्जरी मास्क १५ हजार ९ सय ५६ थान, डिस्पोजेवल मास्क १५ हजार ७ सय ५६ थान, हेण्ड स्यानिटाइजर १४ सय ४१ थान, रेक्जिन थ्री एम १ सय ८८ थान, लगायतका स्वास्थ्य सामाग्री संस्थाले सहयोग गरेको संयोजक भण्डारीले बताए ।