इटहरी : इटहरी उपमहानगरले वर्षा याम सुरु हुनै लाग्दा बाटो मर्मतको कार्य सुरु गर्ने भएको छ ।

बिहीबारदेखि बाटो मर्मत ग्राभेल गर्न वडाहरूमा मिक्सगिटि पठाइने भएको छ । त्यसका लागि खोलामा आफै डोजर चलाएर मेयर द्वारिकालाल चौधरीले सेराखोलावाट कामको सुरुवात गरेका छन् ।

वडाध्यक्षहरूलाई खोलामा निगरानीकालागि बस्न मेयर चौधरीले आग्रह गरेका छन् । मिक्सगिटि ल्याउन ट्रिपर गाडीको व्यवस्था वडा आफैले गर्नुपर्ने मेयर चौधरीले बताएका छन् ।