इटहरी : इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले इटहरी स्थित मायाघरकालागि अत्यावश्यक विभिन्न समाग्रीहरु उपलब्ध गराएकी छिन् ।

आलु प्याज, सब्जी,साबुन,चिनी,चिया पत्ती लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएकी हुन् । लकडाउनले समस्या भइरहेको वेला उपमेयरले माया घरलाई विभिन्न अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएकी माया घरकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

समस्या परिरहेको वेला अति आवश्यक समानका साथ माया घरमा पुग्दा माया घरमा रहेकाहरू खुसी हुने गरेको प्याकुरेलले बताइन् । माया घरमा सडकमा अलपत्र परेका लगायत मानसिक समस्या रहेका ५१ जना रहेको सचिव प्याकुरेलले जानकारी दिएकी छिन् ।