पत्रकार महासङ्घ धनकुटा शाखालाई सांसद राईको ५० हजार सहयोग

  • जेठ २२, २०७७
  • १२४ पटक पढिएको
  • कपुरी न्यूज
alt तस्बिर : इश्वर थापा

धनकुटा : धनकुटाका सङ्घीय सांसद राजेन्द्र राईले नेपाल पत्रकार महासङ्घ धनकुटाको पत्रकार कल्याणकारी कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

उक्त सहयोग सांसद राईले पत्रकार महासङ्घ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईलाई एक महिनाको पारिश्रमिक बराबरको रकम हस्तान्तरण गरेका हुन । पत्रकार महासङ्घ धनकुटाले १० वर्षअघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत् विपतमा परेका पत्रकारहरूलाई सहयोग गर्दे आएको छ । यस वर्ष भने लकडाउनका कारण समस्यामा परेका धनकुटाका २६ जना पत्रकारलाई पत्रकार महासङ्घ धनकुटाले सो कोषबाट आर्थिक सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम सांसद राईले धनकुटेली जनतालाई कुनै हालतमा भोकै मर्न नदिने बताउँदै फेरि पनि सहयोग गर्ने बताए । यस्तै सहयोग रकम लिएपछि पत्रकार महासङ्घ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले विपद्को बेला आएको सहयोगले अग्रपङ्क्तिमा रहेर काम गरिरहेका पत्रकारलाई काम गर्ने हौसला मिलेको बताए ।

महासङ्घलाई सहयोग पछि सांसद राईले स्वास्थ्य मन्त्रालयबाट धनकुटाका लागि आएको २४ लाख २० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved