धरान : सुनसरीमा शुक्रवार थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको हरीनगरा क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी बर्जु गाउँपालिकाको थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

यसै गरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिकाकी १ बालिकामा पनि कोरोना पुष्टि भएको छ । यो सँगै सुनसरीमा शुक्रवार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्रोतले बताएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ । उनीहरूको स्वाबको नमुनाको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला कोसी अस्पताल विराटनगरमा गरिएको हो । सङ्क्रमितहरुको बारेमा थप विवरण आउन बाँकी नै छ ।