इटहरी : कोरोना संक्रमणको कारण थलिएको व्यापार व्यावसायको सुरक्षाको लागी उद्योग वाणिज्य संघ इटहरीले व्यावसायिक बिमा गर्ने भएको छ । लकडाउनले संकटमा परेका व्यवसायीलाई उवा संघले बिमा गर्ने भएको हो ।

संघका सदस्य रहेका सम्पूर्ण व्यवसायीलाई एकमुस्ट बीमा गर्ने निर्णय भएको संघका महासचिव पिताम्बर पोख्रेलले जानकारी दिए । व्यवसायीलाई कोभिड १९ को संक्रमण देखिए तत्काल ५० हजार पाउने गरि बीमा गरिएको उनले बताए ।

त्यस्तै उवासंघ इटहरीमा आवद्ध पदाधिकारी र सदस्यहरुले न्यूनतम एक महिनाको घरभाडा नलिने निर्णय भएको छ पोखरेलले बताए । अरु घरधनी संग पनि भाडा छुट गर्ने अभियान थालेपछि धेरै व्यापारी लाभान्वित हुने उनको विश्वास छ ।

त्यसैगरी इटहरी उपमहानगर संग व्यवसायीक करको केहि प्रतिशत दिन माग गर्ने निर्णय भएको उनको भनाइ छ । सो रकमलाई व्यवसायीकै हित र प्रबद्र्धनमा खर्च गरिने उनले बताए ।