अर्ग्यानिक नगरको परिचय दिन सामूहिक गँड्यौला पालन

  • असार ११, २०७७
  • ८८ पटक पढिएको
  • कपुरी न्यूज
alt

बेलबारी : बेलबारी नगरपालिकाले प्राङ्गारिक मलको प्रयोग बढाउन सामूहिक गँड्यौला मलको उत्पादन तथा प्रदर्शन केन्द्र बनाएको छ ।

‘रासायनिक मलको प्रयोगले माटोको अम्लीयपना बढाउनुका साथै उत्पादनमा समेत असर पार्छ’ बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भने ‘कृषि समूहमा आबद्ध कृषकको सक्रियतामा गँड्यौलाको मल उत्पादन गर्न सिकाइरहेका छौ’ ।

बेलबारीलाई अर्ग्यानिक नगरपालिकाका रूपमा चिनाउनका लागि उत्पादन गृह तथा बिउ गँड्यौला वितरण गरिएको मेयर सुवेदीले बताए ।

उर्वराशक्ति जोगाई राख्न गँड्यौला मल फाइदाजनक मानिन्छ । ३ मिटर लम्बाई, २ मिटर चौडाइ भएको उत्पादन गृह बनाएर इज्सीना फोईटीडा जातको गँड्यौला बाट मल उत्पादन सुरु गरिएको हो ।

घरबाट निस्कने तरकारीको फोहोर तथा करेसाबारीको झारपात गँड्यौलालाई खुवाएर छोटो समयमै स्तरीय गँड्यौलाले मल उत्पादन गर्न सकिने बेलबारी नगरपालिकाका कृषि विकास शाखाका प्रमुख विनोद दाहालले बताए । प्रत्येक वडामा एक एक वटा समूहले गँड्यौला पालन गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved