प्रकाशपुर : बराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुरमा नेकपा सम्बद्ध विद्यार्थी/युवाहरूले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ ।

शनिवार भएको रक्तदान कार्यक्रममा स्थानीयहरूको सहयोगमा ७५ पिन्ट रगत संकलन भएको कार्यक्रमको संयोजक रमेश बिस्टले जानकारी दिए । नेकपा जिल्ला अध्यक्ष योगेद्र मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय विभिन्न संगठनका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी सुनसरी को समन्वयमा संकलन गरिएको संयोजक बिस्टले बताए । मध्य असारको कृषिमा व्यस्त भएको बेलामा समेत उल्लेख्य मात्रामा रगत संकलन भएको भन्दै बराहक्षेत्रका मेयर निलम खनाल र रेडक्रसका सुनसरी सदस्य रबिन घिमिरेले खुसी व्यक्त गरेका थिए ।