धरान : सिराहाको बरियारपट्टी गाउँपालिकामा अध्यक्ष र प्रशासकीय प्रमुख बिच हालाहाल भएको छ ।
ढिलो गरी तिन चार जनाको समूहमा कार्यालय आएका प्रशासकीय प्रमुख सेवाग्राहीलाई सेवा नदिई अभद्र व्यवहार गरिरहेका वेला रोक्न जाँदा गालीगलौज गर्न थालेपछि होहाल्ला मात्र भएको गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले बताए ।
प्रशासकीय प्रमुखले मलाई थाहै नदिई गोल बजारमा रहेको भाडाको कोठामा कार्यालय सञ्चालन गर्न थालेपछि गाउँपालिकामा केही दिन देखि सेवा ग्राहीहरूका सेवा अवरुद्ध भइरहेको छ । यसै विषयमा छलफल गरौँ किन गोलबाजरबाटै चेक देखि सबै सेवा सुरु भयो । गोल बजारको भाडा कोठा तपाईँहरूका बस्नका लागि मात्र लिए हो । कार्यालयकै रूपमा कुनै निर्णयको आधारमा सञ्चालन भयो भनेर सोध्दा अपशब्द प्रयोग गर्न थालेपछि विवाद भएको अध्यक्ष महतोले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले कर्यालयवाट घर जने समयमा गाउँपालिका अध्यक्ष सन्तोष महतोले भने, एउटा छलफल छ एक छिन कार्यालयमा बसौँ भने । तर मैले भने आजको मौसम खराब छ त्यसैले अर्को दिन राखौँ भन्दा आफूलाई हातपात भएको सिंहले बताएका छन् । अहिले गाउँपालिकाको सेवा अवरुद्ध भएको छ भने विवाद मिलाउने पहल भइरहेको स्थानीयले बताएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        