धरान : मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारी नै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुसहित १२ जनालाई मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा यातायात कार्यालय, धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई छन् ।

‘यातायातको कर्मचारीले नक्कली बिलबुक बनाउन सहयोग गरेको ८ वटा मोटरसाइकल र बिलबुकहरु बरामद गरेको कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए ।

उनीहरुसँग पक्राउ पर्ने अन्यमा कञ्चनपुरका बहादुर राना, राजकुमार राना, हरेन्द्र राना, सुवेश राना, रामनिवास राना, श्याम राना, रामलाल राना, प्रदीप राना, लक्ष्मी राना र राम दयाल राना छन् ।

उनीहरु सबैविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते सम्बन्धी कसुरमा म्याद थप  गर्नै थापाले बताए ।