धरान : सप्तरीमा आज थप ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ९४ पुगेको छ । आज थपिएका सङ्क्रमितहरूको सङ्ख्या मात्र यकिन भएको र ठेगाना तथा अन्य विवरण आउन बाँकि स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ का अध्यक्षमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार ५८ वर्षीय वडा अध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको हो । उनी स्थानीय क्वारेनटाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए ।