धरान : सुनसरीको देवानगन्ज गाउँपालिका-३ पाचौंसिमरबाट प्रहरीले टेम्पो चेक गर्दा १८ केजी गाँजा बरामत गरी एक जनालाई पक्राउ गरेको छ ।

कप्तानगञ्जबाट खटिएको प्रहरी गस्ती टोलिले चेक गर्ने क्रममा देवानगन्ज गाउँपालिका–३ का ४३ बर्षीय चुनिलाल सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

सरदार भारततर्फ लैजादै गरेको को २ ह ६५३७ नम्वरको टेम्पो रोकी चेक गर्दा टेम्पो भित्र प्लाष्टिकले वेरी युरिया मल राख्ने प्लाष्टिकको बोरा भित्र तयारी अवैध लागु औषध १८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ७ को म्याद थप गरी थप अनुसन्धान भैरहेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए