धरान : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं -६ मा ऐलानी जग्गाको विषयमा विवाद हुँदा  एउटा परिवार माथि आक्रमण भएको छ । ३ कठ्ठा ऐलानी जग्गाको विषयमा विवाद गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ जना फरार भएका छन् । 

कुटपिट गर्ने विपक्षी जगत वहादुर खड्का,राजन कुमार खड्का,प्रकाश खड्का र चिरन्जिवि खड्का लाइ जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरि ज्यान मार्न उद्योगमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिएका छन् । घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले बताएको छ ।

असार २२ गते विहान आठ बजे यज्ञराज कार्कीले बजार गएको समयमा ६६ वर्षिय डम्बर वहादुर कार्की, उमादेवि कार्की,पार्वति कार्की र अन्जलि कार्कीलाइ घरमा प्रवेश गरि रड,चिरपट दाउरा,हात हतियार, र मुक्काले खेदाइखेदाइ वेहोस हुनेगरि कुटपिट गरेका थिए ।

विपक्षिले खड्गका पक्षले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको फिरादि पत्रमा सुनको सिक्रि र औठि समेत लुटेर लगेको र पार्वति वेहोस अवस्थामा रहेको र उषादेविको टाउकोमा चोट लागेको छ भने डम्बर वहादुर कार्कीको हातको देव्रे पाटोमा समस्या देखिएको हुदा घटनाको प्रक्रिति गम्भीर रहेको जाहेरि दिने यज्ञराज कार्कीले बताएका छन ।
कुटपिटवाट घाइते भएका चारैजनाको उदयपुर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुको उपचार विराटनगरको न्युरो अस्पतालमा भैरहेको छ ।

२०२८ सालदेखि सर्भे नापिमा डम्बर वहादुर कार्किले हकभोग गरिरहेको जग्गामा विपक्षी जगत बहादुर खड्गले खिचलो गरि जिल्ला अदालत वाट सदर फैसला समेत भएको जग्गामा फेरि पुन: विवाद भएको हो । कार्की परिवारले विपक्षहरूलाइ हद सम्म्को सजाय हुनुपर्ने र कानुन वमोजिम औषधिको औपचारको विल अनुसार क्षतिपूर्ति दिनुपर्ने र गरगहनाको प्रचालित रकम दिनुपर्ने माग गरेकाछन ।