धरान  : नेपालमा  बिहीबार साँझदेखी भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओले नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

बिहीबार साँझदेखी वितरकहरुले स्वतः स्फूर्त रुपमा दूरदर्शन बाहेकका सबै भारतिय न्युज च्यानल बन्द गरेका छन् । पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै वितरकहरु विदेशी च्यानल बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

 नेपालमा यस भन्दा अगाडी नाकाबन्दीका समयमा पनि भारतीय च्यानल बन्द गरिएको थियो ।डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।