धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठुलो परिमाणमा लागु औषध सहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी कोसी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोसी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादव ,कोसी गाउँपालिका ६ कै वीरेन्द्र मरवैता यादव, बराहाक्षेत्र १ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुइँटेल र भारत सुपौल ग्राम पञ्चायत वीरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन् ।

बिहीबार दिउसो साढे १२ बजे कोसी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटर साइकलमा आएका सुनिल कुमार मुखियालाई नियन्त्रणमा लिइसंगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका हरुको साथबाट ३ सय २६ बोतल डाईलेक्स डी.सी., स्पास्मोपोक्सिवन १ हजार ८ सय ७२ क्याप्सुल र अर्को १ थान मोटरसाइकल समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।