धरान :  धरान-१३ को राई टोल पश्चिमबाट सर्दु खोलाले बगाएका भारतीय भुपु सैनिकको शव भेटिएको छ ।

बगाएको स्थान भन्दा ५ किलोमिटर तल धरान ११ को वान डाँडा भन्ने स्थानका शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

शनिवार ३ बजे तिर उनलाई खोलाले बगाएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनका अनुसार उनी सर्दु खोला पारी धान रोप्न गएको बेला खोलाले बगाएको हो ।

खोलामा ढुङ्गा सङ्कलन तथा दाउरा खोज्न जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए ।
शवको पोष्टर्माटमकालागी प्रतिष्ठान पठाइएको र उनको परिवार सँग सम्पर्कको प्रयास भइरहेको प्रहरीले जनाकारी दिएको छ ।