धरान : झापा जिल्लाको बिभिन्न ठाउँमा भारतिय नक्कली नोट सहित ३ जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका वडा नं ३ वस्ने ४३ वर्षिय मौसम श्रेष्ठ , कन्काई नगरपालिका वडा नं ४ वस्ने २८ वर्षिय को खुर्सैद आलम , कन्काई नगरपालिका वडा नं ५ बस्ने २४ वर्षिय एराजुल हक रहेकाछन ।

उनीहरुबाट हेर्दा र छाम्दा नक्कली जस्तो देखिने, एकै किसिमका भारतिय नक्कली नोट १ लाख ४४ हजार बरामत गरि इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भैरहेको मोरङले प्रहरी स्रोतले जनाएको छ । बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका  व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍् । 

खुर्सैद आलमले ५ सय दरका विभिन्न भारतिय नोटहरु मौसम श्रेष्ठसँग घरमा लेनदेन गरेको गोप्य सूचनाको आधारमा मौसम श्रेष्ठलाई घरमै फेला पारी निजको घरको पहिलो तलामा  श्रेष्ठ सुत्ने कोठामा २ ओटा टिनको दराजबाट नक्कली नोट बरामत भएको हो । भने खुर्सैद आलम र एराजुलाई प्रहरीले हकले सुरुङ्गा वजारमा फेला पारी सोधपुछ गर्दा भारतवाट लुकाई ल्याएको वताएकाछन ।

निजहरु दुवैजनाको शरीर समेत कानुनको रित पुर्याई खानतलासी गर्ने क्रममा प्रतिवादी खुर्सैद आलमको साथवाट विभिन्न नम्वरका नेपाली नोट वीस हजार रुपैया समेत बरामत गरेको छ भने नेपालि नोटहरु सक्कलि रहेको थापाले बताए ।