धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ९ वर्षीय बालक सहित १५ जना कोरोना सङ्क्रमित बिरामी निको भएर मंगलबार डिस्चार्ज भएका छन् । 

डिस्चार्ज हुनेहरूमा झापाका १२ जना, सुनसरीका १ जना, खोटाङ दिक्तेलका १ जना र महोत्तरीका १ जना गरी ९ जना पुरुष, ६ जना महिला गरी १५ जना कोरोना जितेर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

यो सँगै प्रतिष्ठानबाट २ सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । अहिले प्रतिष्ठानमा १३ जना कोरोना सङ्क्रमित उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।