धरान : एनआईसी एसिया बैंकले ३ चमत्कारिक बिशेषता भएका कर्जाहरुको योजना सार्वजनिक  गरेको छ । 

शुक्रबार एनआईसी एसिया  बैंक धरानको शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर 'बैक पनि साथी पनि,राम्रो पनि हाम्रो पनि 'भन्ने नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआईसी  एसिया बैंकले अतुलनीय र असिमित सुविधाहरूले भरिपुर्ण नयाँ योजनाहरु मध्ये सुपर चमत्कारिक घर कर्जा ,सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा ग्राहकको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझ बढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कर्जाहरु सार्वजनिक गरेको धरान उप-प्रादेशिक कार्यालयका प्रमुख दिवाकर भट्टराईले बताएका थिए ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जा मार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप आवश्यक कागजात प्राप्त भएपश्चात बैंकले यी तीनवटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । यसअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा ती कर्जाहरु उपलब्ध गराउनेछ। उक्त ब्याजदर एक वर्षसम्मकालागि परिवर्तन नहुने  व्यवस्था  गरेको  बैंकले  बताएको छ।

सबैभन्दा धेरै  ३ सय २६ शाखा विस्तार भएको बैकले २१ लाख ग्राहक महानुभवका साथ संचालनमा रहेको यस बैंकले उत्तरदायी बैङकिङको अभ्यास गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष गरि गत आर्थिक वर्षमा ३ अर्व १५ करोड राजस्व नेपाल सरकारलाइ भुक्तानि गरेको र बैकको कुनै शाखा नपुगेको ३४ भन्दा बढि स्थानिय निकायमा समेत शाखा विस्तार  गरेको भट्टराईले  बताए ।