धरान : कोरोनाको सन्त्रास सँगै धरानमा यसको असर देखे लगत्तै सुनसरी उद्योग वाणिज्य सङ्घ र रोटरी क्लब अफ धरान घोपाले आज धरान बजारमा मास्क वितरण गरेको छ ।

सङ्घको कार्यालय देखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिँड्ने यात्रु र सवारी चालकहरूलाई मास्क वितरण गरिएका थियो ।

कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क सँगसँगै व्यापारीहरू र यात्रुहरूलाई पाम्प्लेट समेत वितरण गरिएको थियो ।

व्यापारी र धरानवासीहरूलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम सँगसँगै धरान नगरभरि माइकिङ समेत गरिएको सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले बताएका छन् । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई,इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी गुल्मका डिएसपी सुमन पोखरेल, सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष पवन अग्रवाल लगागत करिब ४५ जनाको सहभागिता रहेको थियो ।

Uba-sangh-1