धरान : कोसी राजमार्गमा गए राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराटनगर महानगरपालिकाको प्रवेश गेट भन्दा केही उत्तर आरती स्टिल उद्योग अगाडी सडकको डिभाइडरमा ठोकिएर यात्रुवाहक को १ ख ६९५२ नम्बर को बस पल्टिदा धनकुटाको साँगुरीगढी गाउँपालिका ७ बस्ने वर्ष २९ का जसबहादुर राईको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा एक जना अन्दाजी ६० वर्षीय महिला नाम, वतन नखुलेको, भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका ७ का राजकुमार राई, सोही स्थानका कल्पना राई रहेका छन् । एक जना सोही गाउँपालिकाका ३५ वर्षीय मुना राई सामान्य घाइते भएका छन् । घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको बताइएको छ ।

गए राति करिव ८:३० बजेको समयमा उत्तरबाट दक्षिण विराटनगर तर्फ जाने क्रममा सडक बिचको डिभाइडरमा ठोक्किएर बस पल्टिएको प्रहरीले बताएको छ । अत्यधिक तीव्र गतिको कारण दुर्घटना भएको बताइएको छ ।