धरान : सोमबार देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गर्दा थप ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९)  को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

यस्तै २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।