धरान : विराटनगर महानगरपालिकामा हिजो एकै दिन ३ पत्रकार सहित ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो दिउसो ३३ जना र साँझमा २२ जनाको गरी ५५ जनामा कोरोना पुष्टि भएको हो । विराटनगरमा कार्यरत तीन जना पत्रकारमा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका पत्रकार आफैले फेसबुकमा स्ट्याटस लेखि आफ्नो सम्पर्कमा रहेका साथीहरूलाई सतर्क रहेर कोरोना जाँच गराउन अनुरोध गरेका छन् । कोरोना संक्रमित पत्रकारहरूमा कुनै लक्षण नदेखिएको र आफू सामान्य रहेको टेलिफोनमा कपुरी न्युजलाई बताए ।

विराटनगरमा पछिल्लो समय समुदाय स्तरमा कोरोना सङ्क्रमण भएकोले कोरोनाको जोखिम उच्च रहेको बताइएको छ । त्यसैले सङ्क्रमण दर पनि वृद्धि भइरहेको छ । विराटनगरमा एकै दिन यत्ति धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमितको रिपोर्ट आएको यो पहिलो हो ।